प्रकाश नेपाल/इलाम
इलाम सदरमुकामकको इलाम नगरपालिका-८ सिङफ्रिङमा एक महिलाको शब गाडेको अवस्थामा फेला परेको छ ।
शनिबार दिउँसो ४ बजेको समयमा गाडेको अवस्थामा शब फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त शव स्थानीय बिननिता काफ्लेको रहेको प्रहरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सूचना आएको र शनिबार शब गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उक्त शब हत्या गरेर गाडेको हुनसक्ने देखिएकाले अनुसन्धान प्रकृया अघि बढाएकोे प्रहरीले बताएको छ । मृतक महिला एकल महिला रहेको बताइएको छ । शबलाई अहिले पोस्मार्टमका लागि धरान पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच