दैवज्ञ विशिष्ट स्रष्टा सम्मान त्रिपाठीलाई र बालसाहित्य पुरस्कार पराजुलीलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । दैवज्ञ विशिष्ट स्रष्टा सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.वासुदेव त्रिपाठीले पाउने हुनुभएको छ । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार तथा समालोचक त्रिपाठीलाई उक्त सम्मान प्रदान गरिने निर्णय गरेको हो । सो पुरस्कारको राशि पचपन्न हजार ५५५ रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ बालसाहित्य स्रष्टा गोपाल पराजुलीलाई प्रदान गरिने बताइएको छ । त्यस्तै दैवज्ञ समाजसेवा पुरस्कार वरिष्ठ समाजसेवी सीता पोख्रेल र पूर्वाञ्चल बालसेवा आश्रमलाई दिने निर्णय गरिएको छ । सो पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ छ । यसैगरी दैवज्ञ साहित्य पुरस्कारबाट वरिष्ठ कवि जसराज किरातीलाई सम्मान गरिने भएको छ ।

उपर्युक्त सम्मान र पुरस्कार प्रेरणा पुरुष कवि दैवज्ञको स्मृति दिवसको अवसर पारेर आगामी पुस २३ गते काठमाडौंमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले पहिलोपटक यसै वर्षदेखि साहित्यिक सम्मान एवं पुरस्कारको स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो । स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्ने उद्देश्यले प्रतिष्ठानले विभिन्न चार विधामा पुरस्कार र सम्मान स्थापना गरेको हो । न्यौपानेको सम्मान र स्मृतिमा यो प्रतिष्ठानको स्थापना २०६८ सालमा भएको हो ।

भोजपुरको २००४ सालमा भोजपुरमा जन्मिनुभएका न्यौपानेले नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ । कविता र गीतबाट लेखन-यात्राको सुरुवात उहाँले बालसाहित्य र समालोचनाका क्षेत्रमासमेत उत्तिकै सक्रियताका साथ कलम चलाउनुभएको थियो । उहाँका निधन विसं २०६८ सालमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?