क्रान्तिकारी युवा मोर्चा गठन

Read Time = 2 mins

काठमाडौं । क्रान्तिकारी युवा मोर्चा, नेपालको राष्ट्रिय भेला आइतबार सम्पन्न भएको छ । मोर्चाको भेलाले भुगोल संयोजक रहेकोे २७ सदस्यीय केन्द्रीय समिति र नौ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । मोर्चाले भष्ट्राचारी, व्याभीचारी, कालोबजारी, घुसखोरी, तस्करी, मिटरब्याजीबिरुद्ध जनस्तरबाट संघर्ष गर्ने निर्णय गरेको मोर्चाका संयोजक भुगोलले जानकारी दिनुभएको छ । मोर्चामा देशभरी छरिएर रहेका स्वतन्त्र बामपन्थी युवाहरु संगठित रहेको मोर्चाका संरक्षक गर्जनले दाबी गर्नुभएको छ । संघर्षका कार्यक्रम देशभरी संचालन हुने पनि युवा मोर्चा पनि मोर्चाको भनाइ छ ।
नेपालका वामपन्थी शक्तिहरुबीच पटक पटक विभाजन र एकता पनि हुने गरेको भएपनि एकता दीगो नहुँदा धेरैजसो सत्ताको लाभ भने नेपाली काँग्रेसले पाउँदै आएको छ । जसका कारण कतिपय अवस्थामा साना साना बामपन्थी समूहहरु मोर्चा निर्माण गर्दै बैकल्पिक शक्तिका रुपमा देखा पर्ने गरेको उनीहरुले बताएका छ्न ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?