टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ को ट्रफी नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी २० विश्वकपको ट्रफी भदौ १४ र १५ (अगष्ट ३० र ३१) काठमाडौंमा ल्याइने जनाएको छ ।

आइसिसीले ट्रफीको विश्व भ्रमण गराउँदै आएको छ । सोही अनुसार नेपालमा पनि ट्रफी ल्याउन लागिएको हो । उक्त विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइनेछ । फिजी, फिनल्याण्ड, जमर्नी, घना, इण्डोनेसिया, जापान, नामिबिया, नेपाल, सिंगापुर, भनुआतुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुर्‍याइन लागेको छ ।

विश्वकपको ट्रफी यात्राको सुरुवात जुलाई ८ देखि मेलबर्नबाट हुनेछ । अक्टोबर १३ मा अष्ट्रेलियाको जिलङमा पुगेर सकिनेछ । टी-२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आउन लागेको हो । यसअघि २०१९ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्‍याएको थियो ।

टी-२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबरदेखि नोभेम्बर १३ सम्म हुनेछ । नेपाल गत फागुनमा आइसिसी टी-२० विश्वकप छनोट ‘ए’ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?