धादिङ महोत्सवमा अर्गानिक खाद्यान्नको चर्चा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पुस ७ गते देखि १७ गते सम्म सञ्चालन हुने गइरहेको आठौ धादिङ महोत्सवमा सल्यानटारमा उत्पादन भएको अर्गानिक सामग्रीहरू किनबेच गर्ने पाईने भएको छ ।

धादिङ महोत्सवमा सल्यानटार क्षेत्रमा उत्पादित अर्गानिक मास, तिल, बेसार र घैया धानको चामल किन्न पाउने आयोजक संस्थाले जानकारी दिएको छ । ग्राहकहरूको सेवा सुविधाका लागि ’हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी’ले सल्यानटारले महोत्सवमा स्टल बुकिङ गरेको छ । सल्यानटारको उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउने उद्धेश्यले महोत्सवमा पनि राख्न लागिएको सल्यानटार बाट सुरेन श्रेष्ठले जानकारी दिनुभयो ।

सल्यानटारको उत्पादनलाई त्रिपुरासुन्दरी गाउपालिका वडा न २ को सहयोगमा बजार प्रवद्र्धन गर्न लागिएको हो । सहकारीले गाउँको उत्पादनलाई प्रोत्साहन गरौँ,अ ग्रानिक प्रयोग गरी जीवन स्वस्थ्य बनाऔँ भन्ने नाराका साथ सल्यानटार लगायत जिल्लाकै उत्पादनलाई बजारिकरण गर्दैछ । महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ । विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ ।

बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि भिड लागेको आयोजक समितिका सचिवालयका रोहित भण्डारीले जानकारी दिएका छन् । यही पुस १७ गतेसम्म चल्ने महोत्सवमा रहेका दुई २१ कक्षमध्ये भारतका व्यवसायीका कक्ष पनि छन् । अचार, कपडा, खेलौना, बदाम बिक्री गर्ने भारतीयको पनि बाहुल्य छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?