मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले सोध्यो बाबुराम भट्टराईलाई चौबिस घण्टे स्पष्टीकरण

Read Time = 3 mins

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ ।

भट्टराईले आज स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो ।

‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले विज्ञप्तिमा स्वष्ट जवाफ चौबिस घण्टाभित्र पेश गर्न भनेको छ ।

‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

भट्टराईले आज विहानमा गृह जिल्ला गोर्खामा मतदान गरेपछि मतसंकेत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राख्नुभएको थियो। फोटो उहाँ आफैँले नखिची अरु कसैलाई खिचाउनु लगाउनु भएको जस्तो देखिन्थ्यो ।

निर्वाचन आचारसंहिता अनुसार मतदान गर्दा साथमा मोबाइल लान पाइँदैन ।

भट्टराईको चौतर्फी विरोध भएसँगै उहाँले लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। भन्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ 'मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन! "

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?