सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

Read Time = 2 mins

सप्तरी । सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार निर्वाचन स्थगित गरिएको उहाँले बताउनुभयो । निर्वाचनमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छाविपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो । निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसमम्मति निर्णय भएको थियो । उक्त निर्णयमा नेकपा (एमाले), नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए ।

विवाद हुँदा ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो । कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक