-जितेन्द्र भण्डारी
पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो ।
८ वटा स्थानीय तह रहेको पाँचथरमा सवै पालिकाको केन्द्रमानै मतगणना हुने भएको हो । मतपेटिका ल्याउन समय लाग्ने भएको हुँदा भोलि बिहानबाट मात्रै मतगणना हुन सक्ने जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरका १ सय १ मतदान स्थलमा रहेका १ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको छ । पाँचथरका आठ स्थानीय तहमा १ लाख ४० हजार २ सय २५ जना मतदाता रहेका छन् । जिल्लामा शान्त,सौहार्द वातावरणमै चुनाव सम्पन्न भएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच