काठमाडौं । टर्किको ईस्तानबुलमा जारी आईवा उमन वल्र्ड बक्सिङ च्याम्पियनशिपमा फ्लाई तौलसमूह ५० देखि ५२ किलो तौल समूहमा नेपाली खेलाडी मिनु गुरुङ जापानका खेलाडी रिन्का किनोसितासँग अंकको आधारमा पराजित हुनुभएको छ ।
त्यसैगरी अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समुहमा भारतीय खेलाडी मनीषसँग अंकको आधारमा पराजित हुनुभएको छ । रिन्का जापानका च्याम्पियन खेलाडी हुनुहुन्छ भने मनिषा सन् २०१८ मा भारतमा भएको वल्र्ड च्याम्पियनसिप बक्सिङ खेलमा क्वार्टर फाइनलमा पुग्नुभएको खेलाडी हुनुहुन्छ ।
यसअघि अर्की नेपाली खेलाडी सुस्मा तामाङ ४६ देखि ४८ तौल समुहमा मंगोलियन खेलाडीसँग स्पिलट निर्णयका आधारमा पराजित हुनुभएको छ । आत्मविश्वासका साथ फाइट गर्नुभएकी सुस्माले पहिलो राउण्डमा दोस्रोे र तेस्रो राउण्डको तुलनामा कम पञ्च प्रहार गर्नुभएको थियो । अन्त्यमा निर्णय ३ः२ को आधारमा मंगोलियन खेलाडीको पक्षमा गएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच