भोजपुर गोल्डकप चैत १० देखि

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप चैत १० देखि १६ गतेसम्म हुने भोजपुर जिल्ला फुटबल संघले जनाएको छ । १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल हुनेछ ।

प्रतियोगितामा आयोजक भोजपुर जिल्ला फुटबल संघ, भारतका युकेएफसी र क्यामरुनका एभिनियर एफसीसहित एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रूपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद पाँच लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उपविजेताले तीन लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?