काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया रोकिएको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एक्विजिसनको प्रक्रिया अघि नबढाउन भनेको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो अल्पकालीन आदेश जारी गरेको हो ।
नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिद्वारा दायर उत्प्रेषण मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजिसन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । जेठ ३ गते अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन सर्वोच्चले बोलाएको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजिसनका लागि विशेष साधारणसभा बोलाएका छन् ।
सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले पनि आइएफआइसी बैंकसहितलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गर्नुभएको थियो । मुद्दामा अदालतले प्रमाण मिसिल झिकाउन आदेश दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच