जेठ २ गते नेपाल एयरलाइन्सको भैरहवा उडान

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल एयरलाइन्सले जेठ २ गते काठमाडौं-भैरहवा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरूपमा व्यावसायिक उडान सुरु हुनेछ । सोही दिन कुवेतबाट जजिरा एयरवेजले पनि विमानस्थलमा उद्घाटन उडान गर्नेछ ।

नेपाल एयरलाइन्सले सो दिन ए ३२० न्यारोबडीबाट उडान गर्ने भएको छ । काठमाडौंबाट बिहान ६ बजे छुट्ने जहाज भैरहवाबाट भने ८ बजे काठमाडौंका लागि उड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?