एजेन्सी/स्पेनका महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि स्पेन सरकारले हरेक महिनामा तीन दिन अतिरिक्त बिदा दिने निर्णय गरेको छ । पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी बिदा दिने पहिलो देश स्पेन हो । महिनावारीको समयमा हुने पीडाका लागि दिइने बिदाको सीमा तीन दिन तोकिएको छ ।
महिनावारीको समयमा अतिरिक्त तीन दिन बिदा दिने देशहरूमा जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया रहेका थिए भने अब यो सूचीमा स्पेन पनि थपिएको छ । स्पेन सरकारले यसको उद्देश्य महिलाहरूलाई असहृय पीडाका बेला सहयोग होस् भन्ने रहेको जनाएको छ । त्यसैगरी स्पेनमा स्यानिटरी प्याड र ट्याम्पोनबाट पनि भ्याट हटाइने भएको छ ।
महिनावारीका बेला कतिपय महिला तथा किशोरीहरूलाई अत्यधिक पीडा हुन्छ । महिनावारी हुँदा केहीलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्याहरू देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ ।
चिकित्सिकका अनुसार महिनावारीमा पेट दुख्नु प्राकृतिक हो । यो वंशाणुगत पनि हुन्छ । महिनावारीका बेला शरीरमा हर्मोनमा परिवर्तन हुन्छ । यो बेला पाठेघरभित्रबाट रगत बाहिर निस्कन्छ । रगत बाहिर निकाल्न पाठेघर प्राकृतिकरूपमै खुम्चिन्छ । पाठेघर खुम्चिएर रगत बाहिर निस्कने क्रममा पेट दुख्छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं