चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले

Read Time = 2 mins

लमजुङ । मनाङको चामे गाउँपालिका एमाले विजयी भएको छ । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३२० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत मात्र पाउनुभयो ।

उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा लामा ३२५ मतसहित निर्वाचित हुनुभएको छ । एमालेकी आशकुमारी गुरुङले २७४ मत मात्र पाउनुभयो ।

घले यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । चामेमा २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले उपाध्यक्ष जितेको थियो ।

यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसक्नुभएको छ । वडा अध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी हुनुभएको छ । एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत मात्र पाउनुभयो ।

वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ भने एमालेका पाल्साङ लामाले ४० मत मात्र ल्याउनुभयो ।

वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०(३० मत ल्याउनुभएको थियो । गोला प्रथाबाट एमालेका कैले गुरुङ निर्वाचित हुनुभएको हो ।

चामे गाउँपालिकामा ७११ मतदाता रहेकामा ६१० मत मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?