घोराही । दाङमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । दंगीशरण गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका रमेश भण्डारीसहित उहाँको प्यानल विजयी भएको हो ।
भण्डारीले ६४४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद चौधरीले ५५३ मत मात्रै प्राप्त गर्नुभएको छ । पराजित चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा बिजयी हुनुभएको थियो ।
त्यसैगरी, कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार बिजयी हुनुभएको छ । जम्मा २०५५ मतदाता रहेकोमा १३९४ मत खसेको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल