चितवन । अत्यन्त चासोको साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन र एमालेका उम्मेदवार बीच उछानाउछिन् चलिरहेको छ ।
केही समय अघि अग्रता बनाउनु भएको गठबन्धनकी उम्मेदार रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिन्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई उछिन्नु भएको हो ।
सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याउनु भएको छ । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याउनु भएको छ ।
वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत ल्याउनु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच