चन्द्रमाको माटोमा विरुवा

Read Time = 2 mins

न्यूयोर्क । वैज्ञानिकहरूले चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । वैज्ञानिकहरूले पहिलोपटक चन्द्रमाको माटोमा बिरुवा उमोरका हुन् । शोधकर्ताहरूले यसका लागि १९६२-१९७२ अपोलो मिसनबाट संकलन गरिएका स-साना धुलोका स्याम्पल प्रयोग गरेका हुन् । र ‘क्रेस’ प्रजातिको खान मिल्ने बिरुवा रोपेका थिए, जुन आश्चर्यजनक रूपमा दुई दिनपछि नै उम्रिएको बताएका छन् ।

युनिभर्सिटी अफ फ्लोरिडाकी प्रोफेसर एना–लिसा पालले पहिला पनि चन्द्रमाको माटोबाट बिरुवा उमारेको भन्दै सबै बिरुवा केही समयमै बढ्न छाड्ने र मर्ने भइरहेको थियो । तर, यसपटक नतिजा फरक आएको दाबी गर्नुभएको छ ।

प्रोफेसर पल भन्नुहुन्छ, ‘म तपाईंहरूसँग वयान गर्न सक्दिन कि हामी यसबाट कति चकित परेका छौं । अहिलेसम्म चन्द्रमाको माटोमा उमारिएका सबै बिरुवा केही समयमै बढ्न छाड्ने र मर्ने भइरहेको थियो । तर, यसपटक नतिजा फरक आयो ।’

सन् १९६९ मा तीन वर्षको अवधिमा नासाका अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहबाट ३८२ केजी चट्टान, सतहको स्याम्पल, ससाना ढुंगा, माटो र धुलो ल्याएका थिए । र, यसमध्ये युनिभर्सिटी अफ फ्लोरिडाको टोलीलाई उक्त स्याम्पलबाट केबल प्रतिबिरुवा एक ग्राम माटोमात्र दिइएको थियो, जसलाई पनि यत्तिका दशकसम्म लक गरेर राखिएको थियो । सन् २०२५ मा निर्धारित गरिएको मिसनमा नासाले १९७२ पछि पहिलोपटक चन्द्रमामा मानव अवतरण गराउने योजना रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?