काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको आवश्यकताबारे अध्ययन गर्न समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको हो । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाएकोमा चौतर्फी विरोधपछि सरकारले गत वैशाख अन्तिममा मन्त्रिपरिषद्बाटै निर्णय गराउँदै लाइसेन्स प्रक्रिया रोकेको थियो ।
तर, फेरि अध्ययन गर्ने भन्दै सरकारले शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । मंगलबारको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने नयाँ संगठित संस्था स्थापनाका विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो । यसअघि संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल स्टक एक्सचेन्जलाई सुधार नगरी नयाँ स्टकको लाइसेन्स दिन नहुने निष्कर्षसहितको अध्ययन गरेको थियो ।
अर्थसमितिले नेपाल स्टक एक्सचेन्जमा विदेशी साझेदार भित्र्याउने तथा संरचनागत सुधार गरेरमात्र नयाँ स्टकको लाइसेन्स दिन सकिने भन्दै धितोपत्र बोर्डलाई निर्देशन पनि दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच