धादिङ अस्पतालमा नि:शुल्क औषधि बितरण शुरु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला अस्पताल धादिङले सरकारले निशुल्क बितरण गर्दै आएको औषधि निशुल्क बितरण गर्न शुरु गरेको छ । केही दिनदेखि निशुल्क बितरण हुने औषधि धादिङ अस्पतालले शुल्क लिदै आएको थियो । अस्पतालले शुल्क लिएको भन्ने गुनासो आउन थालेपछी हिमालय टाइम्स दैनिकले निगरानी गर्दा निशुल्क औषधिको शुल्क लिएको पाईएको थियो ।

सो बिषयलाई कोट गरि हिमालय टाइम्स दैनिकले धादिङ अस्पतालले निशुल्क बितरण गर्ने औषधिको शुल्क लिने गरेको सेवाग्राहीको आरोप समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन पछि नेपाल सरकारले बितरण गर्ने ९८ प्रकारका औषधि निशुल्क बितरण गर्न थालिएको हो ।

अहिले फार्मेसी अगाडि निःशुल्क र बिमाको औषधि तथा शुल्क औषधि वितरण भनेर दुईवटा काउन्टर समेत राखिएको छ।’ तर, सरकारले बितरण गर्ने निःशुल्क औषधि धादिङ अस्पतालमा नभएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताउनु भयो । आर्थिक कारणले यो सब पूरा हुन सकेन केन्द्रबाट नै यस्तो भएको हो । तर मान्छेको बुझाईमा फरक पर्यो ।

तर, बिमा गरेका सेवाग्राहीले धादिङ अस्पतालमा औषधि लिँदा अझै बिल पाउँदैनन् । बिल नपाउँदा निःशुल्क, बिमा र पैसा परेका औषधि छुट्याउन नसकेको सेवाग्राहीहरूको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?