चोभार सुक्खा बन्दरगाहबाट तीन करोडको आयात

Read Time = 2 mins

काठमाडौं । हालै सञ्चालनमा आएको काठमाडौंको चोभार सुक्खा बन्दरगाहबाट जम्मा तीन करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको छ । त्यसैगरी चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै वस्तु आयात भएको छ ।

भन्सार विभागका अनुसार वीरगञ्ज नाकाबाट नौ महिनामा पाँच खर्ब २१ अर्ब ६९ करोडको आयात भएको हो । भैरहवा भन्सारबाट दुई खर्ब ३० हजार नौ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ ।

वीरगञ्जपछि भैरहवा भन्सार कार्यालय आयातका आधारमा दोस्रो स्थानमा रहेको छ । सञ्चालनमा रहेका २५ भन्सार कार्यालयमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो अवधिमा एक खर्ब ७१ अर्ब ८१ करोडको वस्तु आयात भएको छ भने विराटनगरबाट एक खर्ब ६५ अर्ब १७ करोडको आयात भएको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाहबाट एक खर्ब ६६ अर्ब ९९ करोडको आयात भएको छ । त्यस्तै राजविराज भन्सारबाट ११ करोड ५३ लाख र टाँढी भन्सारबाट १३ करोड ४१ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?