अन्तिम खेलमा बायर्न रोकियो, लेवान्डोस्की उच्च गोलकर्ता

Read Time = 2 mins

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख शनिबार राति भएको लिगको अन्तिम खेलमा उल्फ्सवर्गसँग २-२ गोलको बराबरीमा रोकिएको छ । उल्फ्सवर्गको घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा तीन खेल अघि नै उपाधि जितिसकेको बायर्न बराबरीमा रोकिएको हो ।

खेलको १७औं मिनेटमा जोसिपले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए । ४०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को स्थितिमा पुर्‍याए ।

तर, पहिलो हाफको अन्तिम समयमा जोनास विन्डले गोल गर्दै घरेलु टोलीलाई २-१ को अवस्थामा ल्याए । ५८ औं मिनेटमा म्याक्स क्रुसले गोल गर्दा खेल २-२ को स्थितिमा आयो ।

बराबरीसँगै बायर्नले ३४ खेलबाट ७७ अंक जोडेर सिजनको अन्त्य गरेको छ । उल्फ्सवर्ग ४२ अंक जोडेर १२औं स्थानमा रह्यो ।

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की ३५ गोल गर्दै जर्मन बुन्डेसलिगा २०२१/२२ सिजनको उच्च गोलकर्ता बने । अन्तिम खेलमा एक गोल गरेका पोलिस फरवार्ड लगातार पाचौं सिजन उच्च गोलकर्ता बनेका हुन् । समग्रमा उनी सातौ पटक उच्च गोलकर्ता बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता