माडी-१ मा राप्रपा, ९ मा माओवादी केन्द्र र इच्छाकामना-२ मा एमाले विजयी

Read Time = 2 mins

चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँ यसअघि सोहि वडाको वडा सदस्य हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याउनुभयो भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गर्नुभयो ।

सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी हुनुभएको छ । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित हुनुभयो ।

माडी-९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जित्नुभएको छ। दवाडीले एक हजार १८ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गर्नुभयो । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याउनुभयो । यसअघि यस वडामा एमालेका सुवेदीले जित्नुभएको थियो ।

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी हुनुभयो ।

इच्छाकामना गाउँपालिका-२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी हुनुभयो । उहाँ ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।

गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सक्नुभएन । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?