अमानवीयताको परकाष्ठा : अपांगता सरोकारवाला

Read Time = 3 mins

काठमाडौं । अपांगता सरोकारवाला २३ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा मदतानका क्रममा अमानवीयताको परकाष्ठा देखिएको बताएका छन् । ह्विलचेयर प्रयोगकर्ता अपांगता भएका नागरिकलाई ह्विलचेयर मतदान केन्द्रभित्र लान नदिई हिलोमा घस्रिएर मतदान गर्न जानुपर्ने अवस्था सिर्जना गरिनु अमानवीयताको परकाष्ठा भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अपांगता भएका व्यक्तिको सहभागिता र समावेशिताको विषयमा संविधानले नै स्पष्ट व्यवस्था गरेको अवस्थामा निर्वाचन आयोग र मातहतका निर्वाचन कार्यालयले पहुँचविहीन बनाई मतदानको अधिकारबाट वञ्चित गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-२० राँझास्थित आदर्श माविको मतदान केन्द्रमा एकजना अपांगता भएका व्यक्ति घस्रिएर मतदान गर्न गएको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएसँगै अपांगता सरोकारवाला संघसंस्थाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू र बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी, जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्त, स्थानीय सुरक्षा अधिकारीसहितका जिम्मेवार व्यक्तिलाई घृणा, हेला र तिरस्कारको अपराधमा कानुनी कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर मानव अधिकार उल्लंघनको घटनाप्रति हामी राष्ट्रिय मानव अधिकार आयोग, समावेशी आयोगसहित अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायहरूको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ र भविष्यमा हुने कुनै पनि निर्वाचनहरूमा यस्ता विभेद नदोहोरिने, अपांगता भएका व्यक्तिको सहज सहभागिताका लागि आवश्यक पूर्वाधार तयार पार्न र उचित व्यवस्था तत्कालै
मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

यस घटनाप्रति सार्वजनिक रूपमा निर्वाचन आयोगले तत्काल माफी माग्ने, स्थानीय निर्वाचन अधिकृतमाथि कारबाही गर्ने प्रक्रिया नथालेमा कानुनी उपचारमा जाने र आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)