हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गर्नुभएको छ । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।
हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।
आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गर्नुभएको छ । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा उक्लिनु भएको छ । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।
उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाउनु भएको छ । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :