धनगढी । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी हुनुभयो ।
मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गर्नुभयो । चैसीरसँग पराजित हुनुभएको गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त गर्नुभयो । भट्ट २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी हुनुभएको थियो ।
उपमेयरमा विजयी विष्टले चार हजार ६ सय २६ मत प्राप्त गर्दा उहाँ पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १ सय ८२ मत प्राप्त गर्नुभयो। महाकाली नगरपालिका कांग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरूले गठबन्धन गरेका थिए ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम