कांग्रेस गढ मानिएको महाकाली नगरपालिकामा गठबन्धन नै पराजित, एमाले उम्मेदवारले मारे बाजी

Read Time = 1 min

धनगढी । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी हुनुभयो ।

मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गर्नुभयो । चैसीरसँग पराजित हुनुभएको गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त गर्नुभयो । भट्ट २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी हुनुभएको थियो ।

उपमेयरमा विजयी विष्टले चार हजार ६ सय २६ मत प्राप्त गर्दा उहाँ पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १ सय ८२ मत प्राप्त गर्नुभयो। महाकाली नगरपालिका कांग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरूले गठबन्धन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?