हेटौंडा । राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ ।
हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि हुनुहुन्छ ।
उहाँलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहनु भएको छ । । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाउनुभएको छ ।
मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार मतगणना स्थल थपिने बताउनु भयो ।
छिटो मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यले चार वटा मतगणनास्थल थप्न लागेको उहाँले बताउनु भयो ।
आज रातिदेखि नै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच