निजी विमानस्थल बनाउँदै एलन मस्क

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् ।

स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ ।

बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?