ढाका । बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ । अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो ।
सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको जनाएको छ । ती कार्यक्रममा सहयोग गर्न सबै सरकारी अधिकारीलाई अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ ।
अर्थ मन्त्रालयले एक सूचना प्रकाशन गरेर सरकारी भ्रमणहरू सबै प्रकारका हाललाई रोकिएको जनाएको छ । केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ । सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरू सामानको आयातमा पनि रोक लगाएको छ । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :