हलिउड अभिनेता फ्रेड वार्डको निधन

Read Time = 1 min

एजेन्सी । हलिउड अभिनेता फ्रेड वार्डको ७९ वर्षको उमेरमा निधन भएको छ । वार्डको निधनको खबर उहाँका प्रचारक रोन होफम्यानले पुष्टि गर्नुभयो । निधनको कारण भने अहिले खुलाइएको छैन ।

‘ट्रेमर्स’ र ‘हेनरी एण्ड जुन’ अभिनयका कारणले चर्चित अभिनेताले चार दशक बढी समय हलिउड अभिनयमा बिताउनुभएको थियो । उहाँले धेरै राम्रा चलचित्रमा काम गर्नुभएको छ ।

उनहागोल्डेन ग्लोब जस्ता प्रतिष्ठित अवार्ड विजेता पनि हुनुहुन्छ । थुप्रै अवार्ड र पुरस्कार विजेता उहाँ ‘रेमो विलियम्स ः द एडभेन्चर बिगिन्स’ मा रेमोको भूमिकामा देखिनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?