मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता अक्षयकुमार र अजय देवगनप्रति गुनासो पोख्नुभएको छ । कंगनाले अक्षर र अजयले आफ्नो चलचित्रको प्रचार नगरिदिएको भन्दै गुनासो गर्नुभएको हो ।
कंगना यतिबेला आफ्नो नयाँ चलचित्र ‘धाकड’ को प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । सामाजिक सञ्जालमा उहाका प्रशंसकदेखि बलिउड सेलिब्रेटीले पनि कंगनाको चलचित्रको ट्रेलर शेयर गर्दै प्रचार गरिरहेका छन् ।
हालै अभिनेता सलमान खानले पनि सामाजिक सञ्जालमा ट्रेलर शेयर गर्नुभएको थियो । र कंगनाले सलमानलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
एक अन्तर्वार्ताको क्रममा कंगनाले भन्नुभएको छ, ‘तर अजय देवगनले मेरो चलचित्रको प्रचार गर्ने छैनन् । उनले अरूको चलचित्रको प्रचार गर्छन, तर मेरो गर्दैनन् । अक्षय कुमारले मलाई फोन गरेर सानो स्वरमा मलाई तिम्रो ‘थलाइवी’को ट्रेलर राम्रो लाग्यो भने तर कहिल्यै ट्रेलर ट्विट गरेनन् ।’
बलिउडका ‘बिग बी’ अमिताभ बच्चनले ट्रेलर ट्विट गरेर पछि हटाएदेखि अरू थुप्रै बलिउडष्टारविरुद्ध कंगनाले आफ्नो असन्तुष्टि पोख्नुभएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच