बिमा नीतिमा जोड

Read Time = 3 mins

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले घरलगायतका सम्पत्तिको बिमालाई प्रभावकारी बनाइने बताउनुभएको छ । बिमा समितिको ५४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

बिमा क्षेत्रको समग्र विकाससँगै स्थानीय तहमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बिमाको पहुँच पु¥याउन, समयमै बिमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बिमाप्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी घरलगायतका सम्पत्तिको बिमालाई प्रभावकारी बनाउन र लघुबिमा व्यवसाय प्रवद्र्धन गर्न समिति लागिरहेको उहाँले बताउनुभयो । राष्ट्रिय बिमा नीतिको आवश्यकतालाई ध्यानमा राखी नीतिको मस्यौदा तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको पनि उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा एक तिहाइ जनसंख्यामा बिमा पहुँच पुर्‍याउने सरकारको लक्ष्य रहेकोमा नेपाल सरकार, बिमा समिति, बिमकलगायत सरोकारवालाको सामूहिक प्रयासबाट आर्थिक वर्ष २०७८/०७९ को चैतसम्ममा कुल जनसंख्याको ३७.३४ प्रतिशत जनतामा बिमाको पहुँच पुगी आर्थिक वर्षको नौ महिनामा नै उक्त लक्ष्य हासिल भइसकेको सिलवालले बताउनुभयो । बिमा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखी मागका आधारमा विकास गर्न, बदलिँदो परिवेश तथा त्यसबाट उत्पन्न चुनौती सामना गर्न तथा सिर्जित अवसर प्रभावकारीरूपले उपयोग गर्न, सबै क्षेत्रमा बिमाको पहुँच बढाउन, विमा क्षेत्रको गुणस्तर कायम गर्न तथा विद्यमान विविध समस्या तथा चुनौती सम्बोधन गर्दै राष्ट्रिय अर्थतन्त्रमा बिमा क्षेत्रको योगदान अभिवृद्धि गर्न बिमा नीतिमा जोड दिइएको उहाँको भनाइ छ । निर्जीवन बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमा क्षेत्रमा धेरै परिवर्तन आएको भन्दै परिवर्तनलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो । नेपाली परिवेशमा बिमा क्षेत्रले धेरै राम्रो फड्को मार्दै कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पनि ३.५७ प्रतिशत योगदान पु¥याएको उहाँले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता