गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान

Read Time = 2 mins

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा हुनुहुन्छ । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।

निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको पुगेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागी आइतबार नै भैरहवा पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ