‘लाइफ इन एलए’को ‘बस न…’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘लाइफ इन एलए’को गीत ‘बस न...’ सार्वजनिक भएको छ । यही जेठ ६ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको सोमवार सार्वजनिक गरिएको ‘बस न...’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड हुनुहुन्छ । विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय रहेको चलचित्रको अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको हो ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई अभिनेता ब्यास आफैँले निर्माण गर्नुभएको हो । दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी हुनुहुन्छ ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । चलचित्रको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेनले गर्नुभएको हो हुन् भने नेपालको पार्ट बाबु श्रेष्ठले ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?