विवाह हुन एक हप्ता बाँकी हुँदा युवतीले गरिन् आत्महत्या

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग सुस्मिताको विवाह तय भइसकेको थियो ।

तर, बिहीबार आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्था सुस्मितालाई भेटिएको परिसरका एसपी प्रजित केसीले जानकारी दिनुभयो ।

उनको साथबाट भेटिएको सुसाइड नोटमा आफैंले आत्महत्या गरेको र पिर नगर्न भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?