सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार’ सम्पन्न

Read Time = 5 mins

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३’ सम्पन्न भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच परिवर्तन इभेन्ट हाउसले यो प्रतियोगिता सम्पन्न गरेको हो ।

‘डिएसए स्टार २०२३’ सिजन १० मा दिव्य नेपाली ‘मिनी डिएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री-टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री-टिन सिङ्गिङ स्टार’ घोषित हुनुभएको छ ।

प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’को फष्ट रनरअप हन्नाह राई हुनुभयो । ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फष्ट रनरअप, कृतिका भण्डारी सेकेण्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्थ रनरअप हुनुभयो ।

त्यस्तै, ‘जुनियर सिङ्गिङ स्टार’तर्फ टाशी डोमा शेर्पा फष्ट रनरअप हुनुभयो । यस्तै ‘प्री-टिन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फष्ट रनरअप, नवाङछोकीतामाङ सेकेण्ड रनरअप, रूप्सा भट्टराई थर्ड रनरअप, सोनाम चोमुचुम्बा तामाङ फोर्थ रनरअप, निरज शर्मा फिफ्थ रनरअप र आकृति भट्टराई सिक्स्थ रनरअप घोषित हुनुभएको थियो ।

त्यसैगरी ‘प्री-टिन सिङ्गिङ स्टार’तर्फ श्रेया सुनार फष्ट रनरअप, नेविन दाहाल सेकेण्ड रनरअप र तेञ्जीडोमा लामा थर्ड रनरअप हुनुभयो । प्रतियोगितामा शर्मिका लुइँटेल ‘एक्टिर स्टार’ घोषित हुनुभएको थियो । यस प्रतियोगितामा आरति श्रेष्ठ, दशरथ सुनार, विनय कार्की र मनोज आचार्य निर्णायक रहनुभएको थियो । आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई म्युजिकभिडियोर सन् २०२४मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइनेछ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १० वार्षिक उत्सवको अवसरमा सम्मानस्वरूप शशिविक्रम थापालाई ‘सिनियर सिंगर एण्ड म्युजिसियन अफ द इयर’, पाल्मु शेर्पालाई ‘राइजिङ सिंगर अफ द इयर’, सुनिला थापामगरलाई ‘सोसियल वर्कर अफ द इयर’, सूर्यमान सुनुवारलाई ‘डिभोसनल सिंगर अफ द इयर’, विक्रम नगरकोटीलाई ‘लिगल कन्सल्टेन्ट अफ द इयर’, मदनकुमार थापालाई ‘फोक सिंगर अफ द इयर’, शक्ति बराइलीलाई ‘कमेडियन आर्टिष्ट अफ द इयर’, भीमबहादुर तामाङलाई ‘ड्रोन अपरेटर अफ द इयर’, गंगाराम राईलाई ‘सिनेमाटोग्राफर अफ द इयर’, विक्रम गौतमलाई ‘मुआ अफ द इयर’ र कृष्णप्रसाद ढुंगेललाई ‘कन्स्ट्रयाक्टर अफ द इयर’को अवार्डले सम्मान गरिएको थियो ।

कार्यक्रममा भगवान गौतम बुद्ध नेपालमा जन्मिनुभएको हो भन्ने सन्देश विश्वभर फैलाउन योगदान दिएको भन्दै गायक धीरज राईलाई वरिष्ठ गायक लाक्पा शेर्पाले ‘राष्ट्रिय सम्मान’ प्रदान गर्नुभएको थियो । समारोहलाई बाबा एजुकेशन कन्सल्टेन्शीले मुख्य प्रायोजन गरेको थियो ।

राज बराइली र अनिशा खत्रीले सञ्चालन गरेका प्रतियोगितामा हाउसकी सिइओ सोनिया जीआरले यस्ता कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?