गुल्मीमा दश हजार सवारी कारबाहीमा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीमा एक वर्षमा दश हजार सावरीसाधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७९/०८० मा यस जिल्लामा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाईकललगायतका दश हजार ९७ सवारीसाधन कारबाहीमा परेका हुन् ।

सवारीसाधन कारबाहीबाट एक वर्षमा ६३ लाख १४ हजार रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । ट्राफिक नियम उलंघन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमति पत्र नलिई सवारीसाधन चलाउने, मापसे गरी सवारीसाधन चलाउने चालक र विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् ।

प्रहरी नायव निरीक्षक आचार्यले सवारीसाधन कारबाहीमा सबैभन्दा बढी जिप/कार परेको बताउनुभयो । एक वर्षमा जिप/कार चार हजार १५२ कारबाहीमा परेका छन् । जसबाट २२ लाख ६१ हजार १०० रुपियाँ राजस्व संकलन भएको छ । चार हजार १०७ मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट २६ लाख सात हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार एक वर्षमा ७५७ ट्रक कारबाहीमा परेका छन् । जसबाट पाँच लाख ५१ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ । ६६३ बस कारबाहीमा परेका छन् । जसबाट तीन लाख ८८ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, ३८२ ट्याक्टर कारबाहीमा परेका छन् । जसबाट दुई लाख ३५ हजार ९०० रुपियाँ राजस्व संकलन भएको छ । ३१ अन्य सवारीसधान कारबाहीमा परेका छन् । जसबाट १९ हजार ५०० रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार यस जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा छ हजार ३८९ सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट ३९ लाख सात हजार रुपियाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार ८७ सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट ३१ लाख ८९ हजार रुपियाँ राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा सात हजार ९३९ सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट ५१ लाख २३ हजार रुपियाँ राजस्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा नौ हजार ६६४ सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट ५७ लाख ५७ हजार ५०० रुपियाँ राजस्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा यस जिल्लामा ट्रक एक, जिपरकार दुई, ट्याक्टर दुई र मोटरसाइकल एक दुर्घटना भएका छन् । दुर्घटनामा परि पुरुष नौ जना र महिला एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई समेत जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयहरुमा समेत ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?