अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए।

‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?