यामाहाको नयाँ स्कुटर

Read Time = 2 mins

काठमाडौं । यामाहाको लोकप्रिय स्कुटर रे जेडआर-१२५ स्ट्रिट र्‍याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा आएको छ । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित ‘महाएक्सचेन्ज मेला’ को अवसर पारेर स्कुटर सार्वजनिक गरेको हो । मेला वैशाख १५ देखि २१ सम्म आयोजना भएको थियो । यामाहाको रे जेडआर- १२५ एफआई विशेषगरी फ्युल इफिसियन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रे जेड आर-१२५ अब स्मार्ट स्कुटरका रूपमा आएको कम्पनीले जनाएको छ । यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई पहिलोपटक सार्वजनिक गरेको थियो । रे जेडआरले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

स्मार्ट ‘कनेक्ट-एक्स’ फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोगकर्ताले चालकले एप स्टोरमार्फत् यामाहाको ‘कनेक्ट-एक्स’ एप डाउनलोड गरी आफ्नो मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् भने एप एक्टिभेट गरेपछि चालकले विभिन्न पाँच सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा ‘लोकेट माई भेहिकल’ मार्फत् सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्ने र ‘हजार्ड’ फिचरमार्फत् आकस्मिक अवस्थामा स्कुटरका चारवटै इन्डिकेटर बाली अन्य चालकलाई सूचित गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ‘राइडिङ हिस्ट्री’ मार्फत् स्कुटरसँग गरिएका प्रत्येक यात्राको विवरण हेर्न सकिनेछ भने ‘पार्किङ रेकर्ड’ मार्फत् स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सकिनेछ । गत वर्ष उक्त स्कुटरले इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ प्राप्त गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?