एक हप्ता भित्र सरकारले पुर्णता पाउँछ: अध्यक्ष यादव

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको गठबन्धनले मुर्त रुप लिएको बताउनुभएकाे छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अबको एक साता भित्र मन्त्रीपरिष्‌दले पुर्णता पाउँने दावी गर्नुभयाे ।

नेकपा एमालेसहितको गठबन्धनका बेला सरकार कुन दिशामा अगाडी बढ्ने अन्यौल भएका कारण सरकारमा सहभागी नभएको बताउँदै यादवले अब जसपा पनि सरकारमा सहभागी हुने बताउनुभयाे । एक साताभित्र मन्त्रीपरिषद बिस्तार हुने दावी गर्दै यादवले सबैको सल्लाह बमोजिम मन्त्रीको सिफारिश गर्ने बताउनुभयाे ।

जनता समाजवादी पार्टी पनि कम्युनिस्ट आन्दोलनबाटै आएको बताउँदै यादवले अहिले कम्युनिस्ट त्यागेर समाजवाद तर्फ उन्मुख भएको दावी गर्नुभयाे । अब जनता समाजवादी पार्टी समाजवाद तर्फ मात्रै केन्द्रित भएका कारण नेकपा एकिकृत समाजवादीले पनि नेकपा छोडेर एकिकृत समाजवादी मात्रै रोजे एकता हुने उहाँको भनाई थियो ।

नेता कार्यकर्ताहरुका बिच अन्य सबै तालमेल मिलेपनि कम्युनिस्ट छोड्ने बिषयमा नेकपा एकिकृत समाजवादीले निर्णय लिन नसकेका कारण एकता रोकिएको उहाँको भनाई छ ।

यादवले बारा क्षेत्र २ बाट उप निर्वाचन लड्ने बारे छलफल गरिरहेको बताउनुभयाे । चुनावलाई फुटबल गेमको संज्ञा दिदै उहाँले एक पटक गोल नभए अर्को पटक प्रयास गर्नुपर्ने बताउनुभयाे । गठबन्धन र पार्टीको निर्णयपछि आधिकारिक रुपमा आफु उमेदवार बन्ने घोषणा गर्ने उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?