काठमाडौं । अन्टार्कटिकामा सूर्य अब ६ महिनाका लागि अस्त भएको छ । यहाँ अब ६ महिनाका लागि अध्यारो सुरु भएको हो । संसारका अन्य ठाउँमा साँझ बिहान भइरहँदा अन्टार्कटिकामा भने केवल अध्यारो हुनेछ । १२ मे २०२२ मा अन्तार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त देखिएको थियो ।
अन्टार्कटिका मानवविहीन, सुन्दर र पवित्र महादेश । अन्टार्कटिका पृथ्वीमा सबैभन्दा पछि पत्ता लागेको सातौं महादीप पनि हो । जहाँ ६ महिना उज्यालो र ६ महिना अँध्यारो हुन्छ ।
यो महादीपमा सन् १९११ मा मानिसले पहिलो पाइला टेकेका थिए । जाडो याममा माइनस ८९ र गर्मीमा माइनस २९ डिग्री सेल्सियससम्म तापक्रम हुनुका साथै प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधीहुरीसमेत यहाँ चल्छ ।
९८ प्रतिशत हिउँ र दुई प्रतिशत मात्र जमिन रहेको यो महादेशमा केवल दुई मौसम मात्र हुन्छ । विश्वका विकसित मुलुकहरूले अन्टार्कटिकामा विभिन्न वैज्ञानिक खोज, अनुसन्धान गरिरहेका छन् ।
अन्टार्कटिका पृथ्वीको सबैभन्दा दक्षिणमा अवस्थित छ । कुमरु वृत्तको दक्षिणमा पर्ने दक्षिणी गोलाद्र्धको अन्टार्कटिका क्षेत्रमा लगभग पूर्णरूपमा अवस्थित यस महादेशलाई दक्षिणी महासागरले घेरेको छ । (एजेन्सीको सहयोगमा)







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध