काठमाडौं । आज मदन भण्डारी र जीवराज आश्रितको २९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
सोही दिनको स्मरणमा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष एमालेले मदन–आश्रित स्मृति दिवस मनाउन लागेको हो । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने एमाले लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।
रहस्यमय जिप दुर्घटनामा मदन-आश्रितको निधन भए पनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ ।
मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उहाँका समकालीनले समय समयमा सत्ताको बागडोर सम्हाल्दै आएका पनि छन् । तर, २९ वर्षअघिको रहस्यमय जिप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन ।
दुर्घटनाका साक्षी जिप चालक अमर लामाको हत्यापछि यो घटना थप रहस्यमय बन्न पुगेको छ । विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारी जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता हुनुहुन्छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल