ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न

Read Time = 2 mins

-प्रकाश मैनाली
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको ग्रामीण नारी उत्थान संघमा आज वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा संचालन गरेको विभिन्न परियोजनासहितका अन्य कार्यक्रमको समिक्षा गर्दै वार्षिक समिक्षा बैठक सम्पन्न गरिएको हो ।
संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानको अध्यक्षता, हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यता र नगरउपप्रमुख निलमदेवी राय यादवको विशिष्ठ आतिथ्यतामा वार्षिक समिक्षा बैठक सम्पन्न भएको संस्थाले जनाएको छ ।

संस्थाले ईश्वरपुर, हरिपुर, चन्द्रनगर, पर्सा, कौडेना र रामनगरमा विभिन्न परियोजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत आर्थिक २०७८/०७९ मा समुन्नति परियोजनामा ४ करोड ३४ लाख ८७ हजार ८२ रुपैयाँ, लैंगिक हिंसा अन्त्य परियोजनामा २१ लाख ९६ हजार ५४७ रुपैयाँ, बाल संवेदनशील सामाजिक सुरक्षा ९पहुँच० परियोजनामा २५ लाख ७७ हजार ४१२ रुपैयाँ, समावेशी तथा दीगो ग्रामीण खानेपानी सुविधा परियोजनामा १ करोड, ४६ लाख ६९ हजार ९६१ रुपैयाँ र संस्थागत ६ लाख ६२ हजार ७४८ रुपैयाँ खर्च भएको बैठकमा जानकारी गराइएको छ ।

बैठकमा ईश्वरपुर र हरिपुर नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, सेभ द चिल्ड्रेनका परमानन्द मण्डल, एसएनभीकी अम्बिका नेपाललगायतको उपस्थिति रहेको थियो । सहभागीहरुलाई संस्थाका उपाध्यक्ष विष्णु चालिसेले स्वागत गर्दै संस्थाले गरिरहेका गतिविधिबाट प्रष्ट पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?