न्युयोर्क । जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशौँ हजार कुछुवा हरेक वर्ष मरिरहेका छन् ।
अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए ।
अध्ययनका लेखक तथा एक्सेटरको पेनरिन क्याम्पसमा इकोलोजी तथा संरक्षण केन्द्रका पीएचडी विद्यार्थी क्यास्पर भ्यान डे गिरले अफ्रिकी पूर्वीतटमा कछुवाहरूले अण्डादेखि वयस्कसम्म धेरै खतरा सामना गरेका बताए ।
‘हाम्रो उद्देश्य यी कछुवाहरूको बारेमा अहिले जानकारीमा आएका सबै कुरालाई एकै ठाउँमा ल्याउने र यो द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा तिनीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने अवसरहरू पहिचान गर्नु थियो’, उनले भने ।
अध्ययन इन्डेन्जर्ड स्पाइसेज रिसर्चमा प्रकाशित छ । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल