कास्की । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।
जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि हुनुहुन्छ भने एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उहाँलाई पछ्याउनुभएको छ । महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।







‘मास्टर्नी’लाई एडल्ट प्रमाणपत्र
छायांकनमा पलको ‘यानीमाया’
साहित्यिक पत्रकार संघको सम्मान
देशभर मनसुन सक्रिय, केही प्रदेशमा
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ