झापा । केटी पक्षसँग दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका– १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीको छोरीको विवाहमा बेहुला झापा गाउँपालिका– ४ निवासी विश्वेश्वर चौधरीको छोरा २८ वर्षीय डेबिट चौधरीले दाइजोमा मोटरसाइकल मागेका थिए । बेहुला पक्षले मोटरसाइकल नदिए विवाह नगर्ने भन्दै मण्डपमै विवाद गरेपछि बेहुली पक्षले बेहुला पक्षलाई विपक्षी बनाएर प्रहरीमा उजुरी दिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
बिहीबार राति बेहुला पक्ष विवाह गर्न बेहुलीको घर पुगेका थिए । राति विवाह सम्पन्न भएपछि बेहुला पक्षले बिहान दाइजोमा मोटरसाइकल माग्दा दुवै पक्षबीच विवाद भएको डिएसपी पाठकले बताउनु भयो । उहाँले भन्नुभयो, मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने परिवारमा कसरी छोरी दिनु भन्दै बेहुलीको परिवारजनले उजुरी दियो ।
यता प्रहरीमा उजुरी परेपछि बेहुला चौधरीलाई प्रहरीले बेहुलीको घरबाटै शुक्रबार नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेको छ । प्रहरीले बेहुलामाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान थालेको जनाइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच