अत्याधुनिक सुविधायुक्त सिनेमा हल ‘सिनेरोयल’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्रप्रेमीका लागि ढोका खोलेको छ । अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ । कम्पनीका अनुसार तीन अडिटोरियममा पाँच सय ६० सिटका साथ सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो ।

गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामका रूपमा सिनेरोयल सञ्चालनमा आएको हो । अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबिएल एटमोस साउण्ड सिस्टम रहेको छ ।

कम्पनीका अनुसार सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारको प्रोजेक्टर ग्यालालाइट मिराज ३.२ थ्रिडी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट तीन बिम गेट–डी थ्री डी प्रणाली साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्छ ।

नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । जहाँ उपलब्ध स्वादिलो खाना अमेरिकादेखि भित्र्याइएका अग्रणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण-अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?