बुटवल उपमहानगरमा ३५ सय बढी मतले खेलराज पाण्डेको अग्रता कायमै

Read Time = 2 mins

चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ । १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ ।
यहाँ १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा समाजबादी,३ मा माओबादी केन्द्र,४,५,१६ र १७ मा कांग्रेसले जित निकालेको छ । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलमा मेयर पदका उम्मेद्वार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढ्नु भएको छ ।
पाण्डेय १० हजार ६११ मत प्राप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ । नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत प्राप्त गर्नुभएको छ । भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि रहनु भएको छ । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गर्नुभएको छ ।
उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले सूर्य चिन्हमा अग्रता कायम राख्नुभएको छ । उहाँले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पार्नुभएको छ । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले कलम चिन्हमा ५ हजार ६८२ मत पाउनु भएको छ । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले हलो चिन्हमा २ हजार ३६३ मत प्राप्त गर्नुभएको छ ।अहिले वडा न ६ र १५ को मतगणना जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?