कविता : रंगमा मुस्कुराऊ !

बद्रीप्रसाद दाहाल
Read Time = 1 min

गोरा तिम्रा तन-वदनमा, रङ्गका राज छाए ।
हावा चल्दा कुसुम-तरुले, फागुका गीत गाए ।।
वासन्तीका रनवन झुले, स्निग्ध सौन्दर्य आऊ ।
होली झुल्किन् रङरस भरी, सिर्जना मुस्कुराऊ ।।

लाली चम्क्यो अधर तलमा, फागुले राज गर्दा ।
छोटा तिम्रा पहिरन यहाँ, मान्न खोज्दैछ लज्जा ।।
‘होली’ चोली फ्रक टिसटमा, रङ्गले नाच्न थाली ।
क्वैली बोलिन् वन-कुहरमा, पातका बज्छ ताली ।।
००
आँखा लाम्चा मधुर रसना, रङ्गमा दीप्त गाला ।
लाली गुच्छा शिरभरि हुुँदा, केश चम्किन्छ काला ।।
होली खेल्दै रसरङ भरौँ, सिर्जना शीघ्र आऊ ।
रङ्गी तिम्रा तनमन अहा, जूूनझैँ मुस्कुराऊ ! !
०००
समाप्तम्

(सन्दर्भ होली)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?