जुम्लाको तीन पालिकालाई पेस नेपालको परियोजना हस्तान्तरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको तिला हिमा र तातोपानी गाउँपालिकालाई अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साँझेदारीमा पेस नेपाल जुम्लाले निर्माण भएका परियोजनालाई शुक्रबार हस्तान्तरण गरेको छ । २६ करोड ६९ लाख ७६ हजार निर्माण भएका परियोजनाको तीन स्थानीय तहलाई स्तान्तरण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपाने जानकारी दिनुभयो ।

जिविकोपार्जनका साधानहरु तथा प्राकृतिक स्रोतको सुदृढ व्यवस्थापन मार्फत उच्चपहाडी हिमाली जिल्लाका जलवायु संकतासन्न, खाद्य असुरक्षित र गरिव घरपरिवारको अनुकुलन क्षमता अभिबृद्धि गर्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको थियो ।

अध्यक्ष न्यौपाने भन्नुभयो,“ नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन सम्वन्धी कार्यक्रम (क्याफ्स कर्णाली) सन् २०१८ अक्ट्बरदेखि सञ्चालन गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष न्यौपाने बताउनुभयो । ” परियोजना अवधि ४ वर्षको हो । अक्टुबर २०२२ मा ४ बर्षे परियोजना सम्पन्न भएपनि निर्माण भएका सवै आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको पेस नेपाल जुम्लाले जनाएको छ ।

१३८ हेक्टर जमीन सिचाई हुने नहर (कुलो) निर्माण, ४ वटा सामुदायिक सेवा केन्द्र भवन निर्माण, ४१ हेक्टरमा १४ हजार १२५ विरुवाको व्यवसायिक फलफुल खेती र ८ हेक्टर गैरकाष्ठ वनपैदावार खेती भएको छ । यस्तै ३८३ जना कृषकको बाली तथा पशु बीमाको लागि सहयोग, एक वटा लिफ्ट सिचाईबाट ३२ हेक्टर जमीन सिचाई भएको पेस नेपाल जुम्लाले जनाएको छ । ९ वटा सुधारिएको पानी घट्ट निर्माण भएका छन् । ४० हेक्टर जमीन सिचाई हुने ७ वटा पानी संकलन पोखरी निर्माण, १ वटा लद्युजलविद्युत आयोजना निर्माण, ५ वटा रष्टिक स्टोर तथा संकलन केन्द्र भवन निर्माण गरिएको छ ।

४७८ घरधुरीका लागि ४ वटा आनेपानी आयोजना निर्माण, ८ वटा कृषि तथा वन नर्सरी स्थापना भएका छन् । घरबगैचा स्थापनाका लागि १ हजार ७२२ घरधुरीलाई ५२ हजार ५७१ फलफुलको विरुवा सहयोग गरिएको छ । चार वर्षे परियोजनाबाट १७ हजार ५१६ लाभान्वित जनसंख्या रहेको छ । १२ हजार ७ सय जनालाई जनलवायु परिवर्तन अनुकुलन सम्वन्धी सचेतीकरण गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीको भनाइ छ ।

३ हजार ७३८ कृषकलाई प्राविधिक सहयोग भएको छ । ४८ वटा सामुदायिक पुर्वाधार निर्माण गर्दा ज्यालाका रुपमा ८ करोड १० लाख ४६ हजार ४८१ रुपियाँ नगद हस्तान्तरण गरिएको छ । कार्यक्षेत्रमा पर्ने गाउँपालिकामा ३ वटा स्थानीय अनुकुलन कार्ययोजना निर्माण गरिएको कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीले बताउनुभयो ।

परियोजनाको कार्यक्षेत्र तातोपानी, तिला र हिमा गरी ३ वटा गाउँपालिकाका १० वडाका ३ हजार ५२६ घरधुरीका २१ हजार १५० जनसंंख्या रहेको पेस नेपाल जुम्लाले जनाएको छ । परियोजनालाई कार्यान्वय गर्ने अब पालिकाको जिम्मेवारी रहेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । कार्यक्रमको परियोजनालाई पालिकाले लागु गरि संचालनमा ल्याउने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?