किरण पुस्तकालयको ५५ औं पुस्तकालय सभा

नगरप्रमुख खिलध्वज पन्थी ५५ औं पुस्तकालय सभाको उद्घाटन गर्नुहुँदै ।

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । तम्घासमा ५५ औं पुस्तकालय सभा भएको छ । गुल्मी सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकालयले “पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं” भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रमको आयोजना गरि ५५ औं पुस्तकालय सभा गरेको हो ।

सभामा किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीको सभापतित्व एवम् रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले किरण पुस्तकालयले समय अनुसार आफुलाई परिवर्तित गर्दै साहित्यिक क्षेत्र ठुलो योगदान पु¥याएको बताउनुभयो ।

“जिल्लाकै एकमात्र पुरानो पुस्तकालय एवम् साहित्यिक संस्था किरण पुस्तकालय हो ।” उहाँले भन्नुभयो, “अहिलेको डिजिटल युगमा पनि यो संस्थाले पाठक वर्गको मागलाई ध्यानमा राखेर समय अनुसार साहित्यिक क्षेत्रमा योगदान पु¥याएको छ ।”

सभामा पुस्तकालयले एक वर्षभित्र गरेका महत्वपूर्ण क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो । त्यस्तै, कोषाध्यक्ष हिमकला रानाले गत वर्षको लेखापरिक्षणको प्रतिवेदन तथा चालु आर्थिक वर्षको अनुमानित आय–व्यय बारेमा पनि जानकारी गराउनुभयो ।

त्यस अवसरमा कवि नमोनारायण पन्थी, थानेश्वर खनाल र रामप्रसाद पन्थीले कविता वाचन गर्नुभयो । पुस्तकालयका सभासद लक्ष्मी अर्याल र अखिलेश्वर प्रसाद पाण्डे लगायतले मन्तव्य राख्नुभयो । पुस्तकालयका संरक्षक, बिशिष्ट एवम् आजिवन सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको सभामा पुस्तकालयका उपाध्यक्ष दीन पन्थीको स्वागत मन्तव्य एवम् पुस्तकालयका सदस्य गोपाल पन्थीको सञ्चालन थियो ।

किरण पुस्तकालयले ‘हाम्रो पुरुषार्थ’ राष्ट्रिय साहित्यिक त्रैमासिक पत्रिकाका निरन्तर प्रकाशन गर्दै आएको छ । हालसम्म ‘हाम्रो पुरुषार्थ’ पत्रिकाका ९५ अंक प्रकाशित गरेको छ । यसका आजीवन र स्थायी ग्राहकहरुको संख्या ९९७ पुगेको छ । अहिले वेभसाइटबाट पनि निशुल्क विश्वभरि हेर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष शशी पन्थीले जानकारी दिनुभयो ।

यस पुस्तकालयमा संरक्षक–८, विशिष्ट– ११ र आजीवन १०८ गरि कुल १२७ सदस्य रहेका छन् । पुस्तकालयले नेपाली साहित्यका राष्ट्रिय विभूतिहरुका जन्मजयन्ती नियमित रुपमा विभिन्न साहित्यक कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?